तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्।
बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ।
इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले अदालतको आदेशलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र हितका विषयमा दलहरू मिल्नुको विकल्प नरहेको, तर सरकार यसमा गम्भीर नभएको बताएका छन्।
सुडानमा दुई करोडभन्दा बढी मानिसले गम्भीर भोकमरीको सामना गरिरहेका छन्। जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर हो।
पारो र मछिन्द्रबीचको खेल साउन २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।
प्रधानन्यायाधीश कार्कीले राजनीतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालय न्यायाधीश बिनाको हुने अवस्था आएको बताएका छन्। समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको उनको भनाइ छ।
केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्।
लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।
दोस्रो क्वालिफायरमा टाइगर्स र नाइट्सबीच शनिबार राति प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार सर्रेसँग खेल्नेछ।
सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई १५ हजार जरिबाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।
कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब अवरोध खोल्नुपर्ने बताएका छन्।
मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
एमालेका सांसद लीलानाथ श्रेष्ठले सीआईबीले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्।
सन् २०१९ को लोकसभा निर्वाचनको चुनावी र्यालीमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी थर गरेका नेताको मानहानि हुने गरी भाषण गरेको भन्दै गान्धीविरुद्ध मुद्दा चलेको थियो।
सन् २००६ मा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्र २००९ मा पारस खड्का कप्तान भएसँगै उपकप्तान नियुक्त भए। 'पारस युग'पछि कप्तान भएका उनी क्यानसँगको विवादले छोटो समयमै बर्खास्तीमा परे।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति चित्रबहादुर केसीले कुनै पार्टी तथा व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको टिप्पणी गरेका छन्।
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले राष्ट्रिय शैक्षिक क्यालेन्डरअनुसार त्रिविलगायत सबै विश्वविद्यालयले तोकिएको समयमा अध्यापन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नुपर्ने बताए।