AnonymousUser

Logout

प्राथमिकताका क्षेत्रमा मात्रै बजेट खर्च गर्ने नीति छ: अर्थमन्त्री

दीर्घकालीन रूपमा कुन क्षेत्रमा अवसर छ र कुन क्षेत्रबाट फाइदा आउने सम्भावना हुन्छ, त्यही हिसाबमा लगानी गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।

कात्तिकमा आयात–निर्यात दुवै घट्यो

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ।

बल्खुमा प्रदर्शन उग्र बनेपछि प्रहरीले हान्यो टियर ग्यास

दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

क्यानडेली नागरिकका लागि भारतीय ई–भिसा सुविधा पुनः शुरू

पछिल्लो समय दुई देशबीच चिसिँदै गएको विवादका कारण गत सेप्टेम्बरमा भारतले क्यानडेली नागरिकका लागि ई-भिसा सेवा बन्द गरेको थियो।

तीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईं समूहको प्रदर्शन (तस्वीरहरू)

दुवै समूहको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट र्‍याली आउनेक्रम जारी छ। प्रदर्शनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

मन्त्रिपरिषद् बैठक: उपरथी पाण्डे र उर्जासचिव घिमिरेको राजीनामा स्वीकृत

मन्त्रिपरिषद् बैठकले विद्युत् सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्नेसमेत निर्णय गरेको छ।

ओपन एआई तरंगित बनाउने पाँच दिनः अल्टम्यानको बर्खास्ती र पुनर्बहालीले सम्झायो स्टीभ जब्स

च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेको पाँच दिनमै पुनर्बहाली गरेको छ। यी पाँच दिनमा कम्पनीलाई क्षति पुग्ने गरी भएका गतिविधिले पुनर्बहाली बाध्यता बन्यो।

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समूहबीच झडप

प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ।

उत्कृष्ट १६ करदाता सम्मानित

बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एशियन पेन्ट्सलाई सरकारले सम्मान गरेको छ।

काठमाडौँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्वीरहरू)

बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोशाकसहितका प्रहरी पनि खटिएका छन्।

मोटरसाइकल आपसमा ठोक्किँदा सिरहामा ३ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।

काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

प्रसाईंको समूहले भक्तपुरको सानोठिमी, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिलबाट र्‍याली निकाल्ने जनाएको छ। युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट शुरू हुनेछ।

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।

भारतबाट नेपाल आइपुगे उच्च प्रजनन क्षमताका मुर्रा राँगा

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो।

प्रदर्शनीको विषयलाई लिएर अफवाह फैलाउने मिडियालाई प्रेस काउन्सिलको स्पष्टीकरण

विभिन्न प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतंकलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको

निषेधाज्ञाका नाममा ‘सीडीओ शासन’को झल्को

प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको निषेधको आदेश संविधान र कानूनसँग अमिल्दो मात्र होइन, डरलाग्दोसमेत रहेको टिप्पणी भइरहेको छ। 

इजरायल र हमासबीच भएको सम्झौता ‘महत्त्वपूर्ण कदम’ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको स्वागत गरेको छ। 

ओपन एआईमा अल्टम्यानको पुनर्बहाली

दुई पक्षबीच समझदारीपछि साम अल्टम्यान पुनः आफ्नो पुरानै पदमा फर्किएका ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति पनि हेरफेर गरेको छ।