इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भृकुटीमण्डपको स्टलमा फूल बेच्न आएका किसान तथा व्यापारीले निश्चित ठाउँ तोकेर फूल बेच्न दिनु राम्रो भए पनि ठाउँबारे समयमै प्रचारप्रसार नहुँदा व्यापार हुन नसकेको गुनासो गरेका छन्।
च्याङ्ग्रा व्यापारी मीनबहादुर गुरुङले भने– ‘यसपालि आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना गाउँमै दाना पानी खुवाएर पालेँ।’
बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन्।
सामाजिक सञ्जालको दुरूपयोग गरी गलत र भ्रमपूर्ण सूचना फैलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियमन गर्न निर्देशिका जरुरी रहेको सरकारको दाबी छ। तर यसको जग नै गलत भएको कानूनविद्को आरोप छ।
एकीकृत समाजवादीका सम्मानित नेता खनालले भूकम्पबाट प्रभावितहरूको अवस्था बिग्रिन नदिन सरकारले युद्धस्तरमा काममा लाग्नुपर्ने बताएका छन्।
पछिल्लो समय नेता, रोजगारदाता, पेसा–व्यवसायी संगठनका अगुवाहरूका घरघरमा पुगेर देउसी भैलो खेल्दै रमाइलो गर्ने प्रचलन बढेको छ। भक्तपुरमा किसानहरूले नेताहरूका घरमा देउसी भैलो खेलेका छन्।
टिकटक बन्द गर्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। सरकारको निर्णयको विरोध जनाउँदै आएका प्रतिक्रियाभन्दा समर्थन मन्द देखिन्छ।
शुरूमै ढुंगाले लागेपछि आयुष ब्युँझिए। बहिनीहरू पुरिइसकेका थिए। बत्ती पनि थिएन। बोलाउँदा सानी बहिनीको आवाज आयो, छाम्दा ठूली बहिनीको खुट्टा भेटे। काठमाडौँबाट भाइटीका लगाउन गएका उनले दुवै बहिनी बचाए।
एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ।
सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुटाइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ।
टिकटकलाई सोमबारबाटै नेपालभर बन्द गराउन प्राविधिक तयारी थालिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
अनियन्त्रित रूपमा आयात भएको भारतीय फूलका कारण नेपाली किसानले यसपालि तिहारमा आफ्नो उत्पादनको लागतसमेत उठाउन नसकेको पुष्प व्यवसायीहरू बताउँछन्।
भोजपुर नगरपालिका–८ स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा प्रहरी र स्थानीयसहित २८ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति म्यानचेस्टर सिटी र चेल्सीले ४–४ गोलको बराबरी खेलेका छन्।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको माग पूरा भई बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।