AnonymousUser

Logout

तत्कालीन मन्त्री खरेलले गोरखापत्रका अध्यक्षलाई दिएको नियुक्तिपत्रमा झेल

मन्त्रिपरिषद् बैठकले गोविन्दप्रसाद भण्डारीलाई गोरखापत्रको 'अध्यक्ष' नियुक्त गर्ने निर्णय गरे पनि तत्कालीन मन्त्री जगदीश खरेलले त्यसविपरीत सेवासुविधा र अधिकार हुने गरी नियुक्तिपत्र थमाएको खुलेको छ।

मुगुका कृषकलाई स्याउ बगैँचा स्याहार्नै भ्याइनभ्याइ

देशभर निर्वाचनको सरगर्मी बढिरहँदा मुगुका कृषकलाई भने बगैँचा व्यवस्थापनको चटारो छ। स्याउका बिरुवा काँटछाँट, गोडमेल र रोग नियन्त्रणका लागि नीलोतुथो लगाउने उपयुक्त समय भएकाले उनीहरू यतिबेला स्याउखेतीमै व्यस्त छन्।

विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलो २७० ग्राम गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित शहरको १८ औँ स्थानमा

मंगलबार काठमाडौँ विश्वको तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा शुक्रबार १८औँ स्थानमा झरेको छ भने पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छन्।

पर्यटकीय सिजनमै सौराहा सुनसान, होटल अकुपेन्सी ५० प्रतिशतमा खुम्चियो

क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको संख्यामा कमी आएको बताउँछन्। निर्वाचनपछि पर्यटक बढ्ने उनको अपेक्षा छ।

फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, ७ जनाको मृत्यु

सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग शहरका समुदायमा पानी पसेकाले स्वयंसेवकहरूले  प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरिरहेका छन्।

रुपन्देही–४ का मतदाता भन्छन्– विकासप्रेमी नेतालाई भोट

रुपन्देही– ४ मा ६६ हजार ६२ पुरुष, ५० हजार ११० महिला गरी एक लाख १६ हजार १७२ मतदाता छन्।

अवकाशको अन्तिम घुम्तीमा ‘डासो रिजाल’

अथक राजनीतिक संघर्ष र जनबोलीको प्रेरणा रहेका भुटानी नेता टेकनाथ रिजाललाई कुनैबेला ‘नेल्सन मन्डेला’झैँ साधक मानिन्थ्यो। उनै रिजाल आज संघर्षको सिंगो इतिहास र दायित्व भुलेर अवकाश लिने क्षणमा आइपुगेका छन्।

मुस्ताङमा ५ महिनामा ३ लाख २५ हजार पर्यटक

राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज भएपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको छ।

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

दलहरूले आन्तरिक खपतको वृद्धि, रोजगारी सिर्जना तथा ऊर्जा कूटनीतिमार्फत क्षेत्रीय बजारमा बिक्री गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेका छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

आईईएबाट बाहिरिने अमेरिकाको चेतावनी

अमेरिकी ऊर्जासचिव क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)लाई 'नेट-शून्य' अजेन्डा त्याग्न दबाब दिँदै आगामी एक वर्षभित्र सुधार नभए संस्थाबाटै बाहिरिने चेतावनी दिएका छन्।

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पाहुना टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पराजित गर्दै १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको जावलाखेल युथ क्लबले अब उपाधिका लागि आयोजक सहारा क्लबसँग भिड्नेछ।

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन आह्वान

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदाताहरूलाई आह्वान गरेका छन्।

बेलायतका पूर्वराजकुमार एन्ड्रयु पक्राउ

एपस्टाइनसँग सम्बन्धित कागजातहरू सार्वजनिक भएपछि प्रहरीले पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई नियन्त्रणमा लिएको हो, जसमा माउन्टबेटन-विन्डसरको नाम पटक-पटक उल्लेख छ।

के छ रास्वपाको चुनावी वाचापत्रमा?

भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने पनि रास्वपाको वाचापत्रमा उल्लेख छ।

मलंगवामा बेवारिसे पेस्तोल पड्किँदा एक बालक घाइते

सर्लाहीको मलंगवाको एक मन्दिरमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्।

मार्सल ल प्रकरण: दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर

दक्षिण कोरियाको एक अदालतले सन् २०२४ को मार्सल ल प्रकरणमा पूर्वराष्ट्रपति युन सुक येओललाई विद्रोहको अभियोगमा दोषी ठहर गरेको छ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र

एमालेले सिंहदरबार र सर्वोच्च अदालतलगायत आगजनी भएका सरकारी संरचनाहरूको पुनर्निर्माणलाई निश्चित समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

चीनमा पटाका विस्फोट, १२ जनाको मृत्यु

सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षमा धेरै प्रमुख चिनियाँ शहरले पटाका प्रयोगमा प्रतिबन्ध लगाएका छन्। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक छ।