प्रहरीले विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँ बराबरका मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँ बराबरका मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो।”
प्रवक्ता सिलवालका अनुसार आठ लाख रुपैयाँ बराबरका आइफोन १७ प्रो म्याक्स (२५६ जीबी) चार थान, २ लाख ६० हजार रुपैयाँ बराबरको एमफोर म्याकबुक एयर (२५६ जीबी) र ३ लाख २० हजार रुपैयाँ बराबरको एमफोर म्याकबुक एयर (५१२ जीबी) अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा खड्कालाई पक्राउ गरिएको हो।
अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम ठगी गर्ने एक जनालाई शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
उनले भने, “पक्राउ परेकी निजले अमेरिका लैजाने भन्दै एक जनाबाट ६ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो।” उनलाई ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
