दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र रामज्ञान रायको मृत्यु भएको छ।
कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ।
कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
क्षेत्रीय विवादमा सहमति अझै पनि अधुरो छ र यो बिना कुनै पनि युद्धविरामको कल्पना पनि गर्न सकिँदैन।
शासकीय सुधारको नीति तथा कार्यक्रमका खाका दिनुको साटो नेताहरू धार्मिक मत तान्ने धुनमा शक्तिपीठ धाइरहेका मात्र छैनन्, कतिपय धर्मगुरू नै उम्मेदवार छन्। के यसले समाजलाई नयाँ द्वन्द्वतिर लैजाने जोखिम हुँदैन?
उनको कलेजो र एउटा मिर्गौला दुई गम्भीर बिरामी बच्चाहरूमा प्रत्यारोपण गरिएको छ। मुटुको भल्भ, दोस्रो मिर्गौला र आँखा विभिन्न अस्पतालहरूमा पुर्याइएका छन्।
यसले उत्पादन घटाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्याइरहेको उनीहरूको निष्कर्ष छ।
सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो। यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ।
अस्ट्रेलियामा सन् २०२४ मा एक लाख ७७ हजार नयाँ घर निर्माण भएका थिए। सो समयमा अनुमानित माग भने दुई लाख २३ हजार थियो।
यसवर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
स्कटल्यान्डले जितका लागि दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
नेपाल र भारतबीच फौजदारी मुद्दाको अनुसन्धान, प्रमाण संकलन र न्यायिक कारबाहीमा संस्थागत समन्वय बढाउने उद्देश्यले पारस्परिक कानूनी सहायता सम्झौतामा हस्ताक्षर भएको छ।
इरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र दुई देशबीच जारी नयाँ वार्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।
आईसीसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डबाट १७१ रनको लक्ष्य पाएको छ।
हेटौँडा–१९ सान्नानटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार अर्का एक जना घाइते भएका छन्।
नारायण गोपाल चोकमा पैदल यात्रीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले ४२ वर्षीय जिपचालक पारस बमलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
बाल्टिक सागरको जलस्तर एक सय वर्षयताकै न्यून विन्दुमा झरेपछि १७औँ शताब्दीमा पुलको जग बनाउन डुबाइएको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष स्टकहोममा पुनः सतहमा देखिएको छ।
तामाकोशी नदीमा बस खस्दा बेपत्ता भएकामध्ये थप एक जनाको शव मंगलबार फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
ताप्लेजुङकै विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट समेत आएका महिला, केटाकेटी, युवा, पाका सबैका हातमा धागो थियो, तर अनुहारमा डर। उनीहरूलाई आशंका थियो— प्रहरीले अघिल्लो वर्षजस्तै गोली पो चलाउने हो कि!