AnonymousUser

Logout

आतंकवादी हमलाको डरले किन झस्किरहन्छ युरोप?

युरोपमा जारी च्याम्पियन्स लिग र यही वर्ष हुन गइरहेको पेरिस ओलम्पिकमा आतंकवादी हमला हुनसक्ने डरले युरोप त्रसित छ। किन यस्तो भयमा बाँचिरहेको छ युरोप?

तोलाको १ लाख ३९ हजार २०० पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ।

इलाम–२ मा थपिए ५४७ मतदाता

इलाम–२ मा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

प्रिमियर लिग: एभर्टनमाथि चेल्सीको ६ गोल

चेल्सीको जितमा कोल पाल्मरको ४ गोल गरे। उनले पहिलो हाफको २९ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए। 

हैदराबादले कीर्तिमानी रन बनाएको खेलमा बैंग्ललुरु २५ रनले पराजित

२८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो।

देशका विभिन्न भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हावाहुरीसमेत चल्नेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा १ करोड ८० लाख रुपैयाँ ऋण

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले २०७८ पुस ७ मा उक्त रकम ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।

निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ। 

अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहारको अर्को घटना, चर्चभित्र आक्रमण

वाकेलीस्थित द गुड सेफर्ड चर्चमा भेला भएका एक पादरी र केही अन्य व्यक्तिमाथि आक्रमण भएको हो।

मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा घाटका कामदारको मृत्यु

इटहरीको मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो।

शिक्षा समितिमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधार आदिबारे स्पष्ट हुनुपर्ने माग गरेका छन्।

सहकारी कानून : निर्माणदेखि कार्यान्वयनसम्म स्वार्थ समूहकै ‘कब्जा’

सहकारी सञ्चालक सांसदहरूले स्वार्थ बाझिने गरी आफू अनुकूलको कानून बनाए। उनीहरूकै जोडबलबाट कार्यक्षेत्र, बचत र सेवाकेन्द्र विस्तारमा सहकारीले बेलगाम बन्ने छुट पाउँदा अहिले संकट आएको विज्ञहरू ठान्छन्।

अफ्रिकाका लागि शान्ति सेनाको डफ्फा अदलाबदली

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक २००६.५२ बिन्दुमा

सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा कायम भएको हो।

आज छिचोलिएको नागढुंगा–सिस्ने सुरुङमार्ग सञ्चालनमा आउन अझै १ वर्ष लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सोमबार छिचोलिएको सुरुङको निर्माण कार्य जारी नै छ। सुरुङबाट सवारीसाधन सञ्चालन गर्न थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

एसीसी प्रिमियर कप: लगातार ३ जितसहित नेपाल सेमिफाइनमा

समूह 'ए' अन्तर्गतको तेस्रो खेलमा सोमबार नेपालले हङकङलाई ८ विकेटले हराएको हो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट सर्न सक्छ: म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह पूर्वनिर्धारित सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका छन्। 

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित

गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरूपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्।

द्वन्द्वपीडितले भने– एकलौटी ढंगले शान्ति प्रक्रियाका काम अघि नबढाऊ

पीडितको सहमतिबिना राजनीतिक दल र सरकारले मात्र शान्ति प्रक्रियाको काम अगाडि बढाए मान्य नहुने चेतावनीसमेत उनीहरूले दिएका छन्।

युवा नेतृत्वबाट आशावादी छ युवा पुस्ता (भिडियो सामग्री)

गत स्थानीय तह निर्वाचनमा मतदाता युवा उम्मेदवारतर्फ आकर्षित भएका थिए। काठमाडौँका मेयर बालेन शाह र धरानका हर्क साम्पाङ अहिले पनि चर्चामा रहिरहन्छन्। युवा नेतृत्वको कामप्रति युवा पुस्ता सन्तुष्ट छ?