बोन्डी जंक्सनस्थित वेस्टफिल्ड मलभित्र एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।
बिहीबार भएको आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।
पोखरा–१६ स्थित सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायत रूखहरू काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
जापानले बढ्दो जनसंख्या संकटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ।
जीआई र एचपीबी शल्यक्रियामा जीवन समर्पण गरेका नेपालका प्रमुख संस्थाका सर्जनसम्मिलित कार्यसमिति गठन गरिएको हो।
पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्ने आयोजना २०७४ सालमा शुरू भएको हो।
सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबको १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ।
नयाँ वर्षका अवसरमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न प्रण गर्नेसमेत परम्परा छ।
दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म जारी निषेधित क्षेत्र वैशाख १ गतेदेखि लागू हुने गरी हटाएको छ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेको छ।
नेपालले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबारको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ।
भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्र बैंकको नियमका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध ५ रन बनाउँदै १ हजार रनको कोशेढुंगा पूरा गरेका छन्।
आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।
धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले बताए।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।
अख्तियारले पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।