हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन्। बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन्। यहाँबाट मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृंखला नियाल्न सकिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार बिहान कच्ची घरको खरले छाएको छानामा अचानक आगो सल्केपछि दुवै नाबालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मुलुकभर २०८० वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो।
बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको प्रहरीले जनाएको छ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ।
शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्।
दिउँसो लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्नस्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राई भन्छन्, ‘मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।’
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा सञ्चालन हुने भएको छ।
बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ।
सरकारी स्वास्थ्य संस्थाहरूको आवश्यकताका आधारमा नभई मेसिन बिक्री गर्ने कम्पनीको सुविधाअनुसार खरिद प्रक्रिया अघि बढाएको विज्ञहरूको निष्कर्षलाई घटनाक्रमले पनि पुष्टि गर्छन्।
अनुसन्धानका क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरी ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
अख्तियारले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
सर्वोच्च अदालतले इन्दिरा गिरीलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश दिएको छ।
चट्याङ लागेर पर्वतको मोदी गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले दाबी पेश गरेका छन्।
घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला–ठूला खाल्डा परेका छन्। दैनिक सयौँको संख्यामा गुड्ने सवारीसाधन सडकका खाल्डोमा फसेर ट्राफिकजाम हुने गरेको छ।
सिर्जनशील लघुवित्तको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।
नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।