भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।
भारतमा हुन गइरहेको लोकसभा चुनावका लागि आमिरले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई समर्थन गरेको डिपफेक भिडियो बाहिरिएको हो।
अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थान रोयल्सका जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पूरा गराउन महत्त्वपूर्ण भूमिका खेले।
खेलको ६०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका एम्बाप्पेले फेरि ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बहिष्कारबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि विषयगत समितिमा नेतृत्व चयन भएको छ।
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरू भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ।
लगानी सम्मेलन हुन लागेको यो वर्ष नयाँ योजनाहरूसँगै युवा पलायन रोकेर देशमा आर्थिक गतिविधि चलायमान बनाई दीर्घकालीन सुधारको बाटो पहिल्याउन सकिनेमा अर्थविद्हरू आशावादी देखिएका छन्।
प्रदेशप्रमुख नजिर मियाँले नागरिक उन्मुक्तिका दुवै सांसदको दाबीलाई अस्वीकृत गर्दै दुई दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान गरेका छन्।
लोसपाले मधेश सरकारमा सहभागी आफ्नो पार्टीका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई पनि फिर्ता बोलाएको छ।
विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतासाथ राख्न सरोकारवालाले माग गरेका छन्।
नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद ए. ए. अल अन्सारीले नेपाली श्रमिकको सीप विकासका लागि सहयोग गर्न कतार तयार भएको बताएका छन्।
एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ।
मंगलबार दुई अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
जनमतका सांसदको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले सदनको कामकारबाही १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
आगामी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउने गरी ठेक्का आह्वान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
विश्वव्यापी आर्थिक चुनौतीका बीच विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले १५ हजार कर्मचारीलाई निकालेको छ।
ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि प्राप्त भएको रकम अनियमितता गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
हिमालयको काश्मीर उपत्यकामा केही दिनको वर्षापछि नदीमा पानी बढेको थियो। प्रत्यक्षदर्शीका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो।