दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल यूएईसँग खेल्ने भएको छ।
गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बताएका छन्।
न्यायालय सुधारको बहस पेचिलो बनिरहँदा अब सुधारले नपुग्ने, संविधान संशोधनसहितका पुनर्संरचना नै गर्नुपर्ने निचोडसहित नेपाल बारले औपचारिक पहल शुरू गरेको छ। न्यायपालिकाको भावी नेतृत्व त्यसमा कहाँ जोडिएला?
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै ठूलो चिस्यानकेन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा पुगेको छ।
चालु आर्थिक वर्षको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन्।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको भन्दै नेपाली कांग्रेसले असहमति व्यक्त गरेको छ।
दीपेन्द्रसिंह ऐरी आईसीसी टी२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।
अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो।
एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ।
विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमताअनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ।
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।
यूएईसँगै खाडीका अन्य देश ओमान र बहराइनमा पनि भारी वर्षाले ठूलो क्षति पुर्याएको छ। ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।
सफा पानी र शान्त स्थानमा मात्र बस्ने हुँदा वातावरणको सूचक मानिने सानो स्तनधारी जीव ओत अहिले संकटमा छ। नदी प्रदूषण तथा दोहनका कारण यो जीवको बासस्थान विनाश हुँदै गएको छ।
लामा १६ वर्षदेखि लागुऔषध मुद्दामा फरार रहेको विषय उकालोले गत माघ १५ गते प्रकाशित गरेको थियो।
‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ/बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा यात्रा गर्न सहज भएको छ।
युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको शुरूआतदेखि नै रुसी कब्जामा रहेकाले हराइरहेकाहरूको संख्या अझै धेरै हुनसक्ने बताइएको छ।