काठमाडौँ महानगरपालिकाले पुतलीसडक–बागबजार खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण शुरू गर्दै सो सडकमा सवारी र पैदलयात्रीको आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण कार्य शुरू गरेको छ। सडकतर्फ ५ मिटर र पानीको बहावतर्फ १४ मिटर लम्बाइ रहने गरी यो कल्भर्ट निर्माण गर्न लागिएको हो।

कल्भर्ट निर्माणका लागि अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेडसँग ५७ लाख ७२ हजार ६९४ रुपैयाँमा सम्झौता भएको छ। निर्माण कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अहिले त्यहाँ पानीको निकासका लागि अस्थायी रूपमा ह्युम पाइप राखिने जानकारी महानगरले दिएको छ।

निर्माण कार्य शुरू भएसँगै सुरक्षा र प्राविधिक कारणले सो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। डिल्लीबजार र पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने तथा रामशाह पथबाट पुतलीसडक आइपुग्ने सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ।

यसैबीच, निर्माणका क्रममा पैदल यात्रीहरू जोखिम मोलेर हिँड्नु परेकाले महानगरले हाललाई सो क्षेत्रमा सर्वसाधारणको आवातजावतमा समेत निषेध गरेको छ। कामलाई तीव्रता दिन र दुर्घटना कम गर्न यस्तो निर्णय लिइएको महानगरले जनाएको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
