शेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार बन्द भएको छ।
काठमाडौँ- शेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार बन्द भएको छ। कूल ६ प्रतिशत शेयर बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार आजका लागि स्थगित भएको हो।
सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा पनि उछालको गति उस्तै रह्यो र फेरि एक मिनेटमै थप १ प्रतिशत विन्दु बढ्दै कूल ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लाग्दै ४० मिनेटका लागि कारोबार रोकिएको थियो।
पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको हो।
सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । २५३ कम्पनीको शेयर कारोबार भएको बजारमा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
