इलाम-१ मा कांग्रेसका निश्कल राईको अग्रता

इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत ल्याएर अग्रता बनाएका छन्।

फाइल तस्वीर

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राईले अग्रता बनाएका छन्। हालसम्मको मतगणनामा राईले १० हजार ८४९ मत ल्याएका छन्। 

उनलाई श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १० हजार ६५१ मतसहित पछ्याइरहेका छन्।

यस्तै नेकपा एमालेका काजीमान कागतेले ९ हजार ९९८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६ हजार ७५८ मत ल्यएका छन्।