नेकपा (एमाले)ले सचिवालय बैठकबाट समानुपातिकतर्फका १६ जना सांसदको नाम टुंगो लगाउँदै निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ।
काठमाडौँ— नेकपा (एमाले)ले समानुपातिकतर्फका सांसदहरूको अन्तिम सूची टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उक्त बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए। बैठकमा समानुपातिक उम्मेदवारको चयन र अध्यक्ष ओलीका पिताप्रति शोक प्रस्ताव पारित गर्ने दुई मुख्य एजेन्डामा छलफल भएको थियो। बैठकपछि उपमहासचिव भट्टले क्लस्टरअनुसार १६ जनाको नाम टुंगो लगाइएको बताए।
एमालेले टुंगो लगाएका नामहरूमा जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्। त्यस्तै, खस–आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोधाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल छानिएका छन्।
थारू क्लस्टरबाट कृपाराम राणा सिफारिस भएका छन् भने दलिततर्फ विष्णुमाया विश्वकर्मा र नीता घतानी रहेका छन्। मधेशी क्लस्टरबाट रिंगला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल छानिएका छन् भने मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकीको नाम टुंगो लगाइएको छ।
निर्वाचन आयोगले गत बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै ‘थ्रेसहोल्ड’ पार गरेका ६ दललाई तीन दिनभित्र उम्मेदवारको नाम पेश गर्न निर्देशन दिएको थियो। समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत ल्याएको एमालेले सिट बाँडफाँटका क्रममा १६ सिट पाएको हो। यसअघि प्रत्यक्षतर्फ एमालेले ९ सिट जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
