अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण जुम्लामा ग्यास अभाव हुने त्रास बढेपछि स्थानीय प्रशासनले वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने निर्णय गरेको छ।
जुम्ला— अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताको प्रभाव जुम्लामा पनि पर्न थालेको छ। बजारमा खाना पकाउने ग्यासको अभाव हुने डरले उपभोक्ताहरू अहिलेदेखि नै सिलिन्डर लिन ग्यास डिपोहरूमा लामबद्ध हुन थालेका छन्।
ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पूर्वतयारी थालेको छ। आपूर्तिमा समस्या आउने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र स्थानीय ग्यास डिलरहरूसँग समन्वय बैठक गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले ग्यासको अभाव हुन नदिन वितरणलाई पूर्णतः पारदर्शी बनाउने निर्णय गरेको छ। निर्णयअनुसार, अब ग्यास वितरण गर्दा उपभोक्ताको नाम र सिलिन्डरको स्पष्ट अभिलेख राख्नुपर्नेछ।
'न्यू बुढा जनरल स्टोर' र 'लगन स्टोर एन्ड सप्लायर्स'ले ग्यास वितरण गर्दा अब उपभोक्ता र सिलिन्डरको विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नेछन्। प्रशासनले जिल्ला भित्रिएको कुल ग्यास, डिलरमार्फत भएको वितरण र उपभोक्तासम्म पुगेको परिमाणको छुट्टै ढाँचा (फरमेट)मा दैनिक अभिलेख राख्ने व्यवस्था मिलाएको छ।
यस व्यवस्थाबाट बजारमा हुने कालोबजारी नियन्त्रण हुने र वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास पाउने प्रशासनले विश्वास लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
