सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो।