प्राध्यापक डा. आलोक के. बोहराले नेपालले उत्तर वा दक्षिणका छिमेकमा मौसमअनुसार ‘पक्षधरता’ देखाउनुको अर्थ र औचित्य नरहेको बताएका छन्।
काठमाडौँ– राजनीतिक तथा आर्थिक मामलाका अध्येता प्राध्यापक डा. आलोक के. बोहराले नेपालमा रहेका पुराना पार्टीहरु अझै पनि परम्परागत ‘एनालग’ पद्धतीमा रहेको र नयाँ उदाएका शक्तिले भने नवीनतम ‘डिजिटल’ युगलाई आत्मसात गरेको बताएका छन्। अमेरिकाको युनिभर्सिटी अफ न्यु मेक्सिकोमा अर्थशास्त्रका प्राध्यापक रहेका बोहराले दुई दशकयता सञ्चालनमा ल्याएको 'नेपाल स्टडी सेन्टर'ले राजनीतिक स्थिरताको सन्दर्भमा जोडिएका आर्थिक तथा सामाजिक पक्षमा अध्ययन गर्दै आएको छ।
भूराजनीतिक सन्तुलन र प्राथमिकता सबैभन्दा विशिष्ट स्थानमा रहने बताउँदै उनले नेपालले उत्तर वा दक्षिणका छिमेकमा मौसमअनुसार ‘पक्षधरता’ देखाउनुको अर्थ र औचित्य नरहेको बताएका छन्। “अब नेपालको विकास, प्रगति र सरोकारलाई लिएर भारत–चीन सम्मिलित त्रिदेशीय कन्फरेन्स काठमाडौँमा आयोजना हुनुपर्छ। अब राष्ट्रवाद दर्शाउन कहीँकतैको पक्षधर बनिरहनुको औचित्य छैन”, डा. बोहराले भने ।

इतिहासदेखि खेप्दै आएको महेन्द्रवाद, बीपीवाद, माओवाद, प्रचण्डपथ जस्ता ‘वाद’का नाराहरुबाट दिक्क भएरै जनसाधारणले आमुल परिवर्तन चाहेको उनको बुझाइ छ। बोहराले उकालो संवादमा भनेका छन्,“अब यहाँ कुनै ‘वाद’ वा तरुण दल, वाईसीएल, युथ–ब्रिगेड होइन कि केवल सुशासन र जवाफदेहिता चाहिएको छ। यहाँ केवल डेलिभरी चाहिएको छ।”
कृषि र पर्यटनको गतिलो सम्भावना रहेको मुलुक नेपालमा ३३ प्रतिशत खेतीयोग्य जमिन खाली रहेको र मुलुकभरको युवाशक्ति श्रमिक बनेर बाहिरी मुलुकमा श्रम पसिना गरिरहेको भए पनि यो यथार्थलाई नेतागणले आत्मबोध गर्नै नसकेको बोहराको बुझाइ छ। “श्रमिक वर्गले दुःख गरेर पैसा कमाएका छन्, त्यो पैसा देशमा पठाएपछि यताका सम्भ्रान्त (पहुँचवाला) वर्गले त्यही पैसा खेलाएर आफ्नो रिसोर्ट बनाउने, गाडी किन्ने काम भइरहेको छ । 'वेल्थ–पम्प–इकोनमी' भनिने यो प्रवृत्तिकै कारण सामाजिक र आर्थिक असमानता अझ बढ्दै गएको हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
