जेन–जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ— जेन–जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गत भदौ २४ गते बौद्धस्थित हयात होटल तोडफोड गरी उक्त होटलभित्र सञ्चालित प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–६, बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–८ घर भई हाल बौद्ध बस्ने राकेश लामा रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी सातवटा मुद्दा दर्ता भएको पाइएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरी वृत्त, बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
