६ वटा दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’अनुसार रुजु प्रक्रिया अघि बढाएको छ।
काठमाडौँ— गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ।
निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो, जसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो। सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लस्टरअनुसार ५७ जना सांसदको सूची पेस गरेको छ।
यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेकपाले ९, तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४–४ जना उम्मेदवारको सूची क्लस्टर मिलाएर आज पेस गरेका छन्। क्लस्टरअनुसार सूची मिले–नमिलेको रुजु प्रक्रिया अघि बढाइएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
दलहरूले क्लस्टरअनुसार बुझाएको निर्वाचित उम्मेदवारको सूचीमा त्रुटि नभए सोमबार नै नामावली सार्वजनिक गरिने प्रवक्ता जिसीले बताए। यदि दलहरूले बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्था आएमा प्रक्रिया पूरा गर्न तीन दिनसम्म समय लाग्न सक्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
