रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।
काठमाडौँ- रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।
चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामीसिंह स्याङतानको शव मंगलबार फेला परेको हो। गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।
खोजतलासकै क्रममा आज बिहान साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीको पानीमा तैरिरहेको अवस्थामा स्याङतानको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। सुरक्षा निकायको संयुक्त टोलीले डुंगाको प्रयोग गरी शवलाई नदी बाहिर निकालेका थिए।
शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
