डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँ- डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप राति साढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।

दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो। जिप मृतक सुबोध रोकायाले चलाएको प्रहरीले जनाएको छ।