मकवानपुर प्रशासनले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएसँगै नेपाल एएफसी यु२० एशिया कप छनोटबाट बाहिरिएको छ।
बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेकाे छ।
अख्तियारले करारका कर्मचारी नियुक्तिमा आर्थिक अनियमितता औँल्याएपछि चामुण्डाबिन्द्रासैनीले ७१ कर्मचारीसँगको सम्झौता रद्द गरेको छ, जसले पालिकाको सेवा प्रवाह प्रभावित भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरमा दुई महिनामै ६७ वटा मोटरसाइकल चोरीसँग सम्बन्धित जाहेरी प्रहरीमा दर्ता भएका छन्। यसबीचमा एकै दिन चार वटासम्म मोटरसाइकल चोरिएको रेकर्ड छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको चितवन प्रहरीले जनाएको छ।
दूध तथा उखु किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले दुई अर्ब निकास गरेको छ।
नेपालमा असोज दोस्रो हप्तादेखि नै किसानले धान भित्राउने समय शुरू हुन्छ। तर यही बेला परेको झरीका कारण कतिपय ठाउँमा किसानलाई धान भित्र्याउन समस्या भएको छ।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्नेसमेत निर्णय गरेको छ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले ट्र्याक बगाउँदा साउन ९ गतेदेखि कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध थियो।
काठमाडौँ प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिन प्रहरी तयार रहेको बताएका छन्।
बेइजिङले आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिन विभिन्न उपाय घोषणा गरेको छ। उसले यस वर्ष पाँच प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।
प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन भने मुस्किल छ।
बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको किटानी जाहेरीमा धनराजको नाम उल्लेख नभएको हुँदा उनीविरुद्ध अहिले अनुसन्धान अघि नबढेको जवाफ प्रहरीले दिएको छ।
जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
अमेरिकाले उपलब्ध गराएका घातक हतियार प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाको हत्या गरेको राष्ट्रपति अब्बासले बताएका छन्।