वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।
राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन्।
देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहार राज्यको विपद् व्यवस्थापन विभाग जितिय पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।
काभ्रेका अर्जुन लामालाई २०६२ सालमा अपहरण र हत्या गरेको अभियोगमा अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा परेको १२ वर्षपछि संवैधानिक इजलासबाट आएको आदेशले ‘न्यायमा अवरोध हुने’ कानून व्यवसायी बताउँछन्।
माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।
विराटनगरबाट गाईघाटतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भई कोशी ब्यारेजबाट नदीमा खसेको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
आगामी निर्वाचनमा कमला ह्यारिसलाई सघाउने गायिका टेलर स्विफ्टको घोषणा राष्ट्रपतिका प्रत्यासीहरूको बहस जत्तिकै चर्चित भयो। अमेरिकामा सेलब्रिटीले राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्ने यो अभ्यास पुरानै हो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।
बिहीबार परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ को विन्दुमा सीमित भएको छ।
अन्तरिम सरकारको नेतृत्व गरिरहेका युनुसले रोहिङ्ग्या समुदायको व्यवस्थापनका लागि बांग्लादेशलाई अन्तर्राष्ट्रिय समुदायको निरन्तर प्रयास आवश्यक रहेको बताएका छन्।
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।
कोशी प्रदेश र नगरपालिकाको साझेदारीमा गुम्बा निर्माण उपभोक्ता समितिमार्फत थालिएको थियो। करिब २१ करोड लगानीमा निर्माण शुरू गरिएको गुम्बाको अहिलेसम्म जग मात्र ठडिएको छ।
‘सरकारले हामीलाई कि विकल्प देओस्, कि त सडकमा व्यवसाय कहीँ पनि गर्न नपाइने कानून देशभर लागू गरोस्। यसरी अन्योल र डरत्रासमा कहिलेसम्म पर्खिने?’
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ का ४२ वर्षीय भूपेन्द्र बोहरा, काठमाडौँ नागार्जुन-९ का २८ वर्षीय कबिर बुढाथोकी तथा मकवानपुर इन्द्रसरोवर-५ का २६ वर्षीय रोमन कार्की छन्।
सुरक्षाकर्मीले करिब आठवटा ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो।
मुस्ताङबाट गत वर्ष २० करोडभन्दा बढी मूल्य बराबरको सात हजार च्यांग्रा निकासी भएको थियो। यसपालिको दशैँ तिहारका लागि १० देखि ११ हजार च्यांग्रा निकासी हुने अनुमान छ।
बुधबार प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।