दाउरा संकलनका क्रममा महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको मृत्यु भएको छ भने अर्का किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।
छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गर्न थालेको छ। कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ।
म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ।
निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।
देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा छानिने आइकनमा पालिकाप्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए।
सुधार गर्न आवश्यक २८० खानेपानीका आयोजनामध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन्। दातृ निकायले समेत लगानीको चाहना नदेखाएपछि आवश्यक बजेट अभाव भएको हो।
देशभर मनसुनी वायु तथा बंगालको खाडी उत्तरपूर्व रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार परियोजनालाई प्रवेश दिन सरकारी पक्षले अनैतिक र गैरजिम्मेवार कार्यशैली अपनाएको भन्दै नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन्।
रुसको कुर्स्कमा युक्रेनको आक्रमणपछि युद्धरत दुवै मुलुकबीच दोस्रोपटक युद्धबन्दी आदानप्रदान भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार ४९ युद्धबन्दी रुसबाट किभ फिर्ता भएको बताएका छन्।
सरकारले विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयन गर्न एडीबीबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली पनि गठन गरेको छ।
मन्त्रालयका सचिव डा. दीपककुमार खरालले बजेट अभावका कारण कृषि क्षेत्रमा विकासका काम गर्न नसक्ने अवस्था रहेको भन्दै बजेट वृद्धि गर्न सबैको ध्यान जानुपर्ने बताए।
कांग्रेस उपसभापति धनराज गुरुङले डिभोर्सपछि पनि आफ्नो नाममा रहेको घर/जग्गा धितोमा राखेर दुवै जनाले लिएको ऋण तिरेको संस्थाबाट प्राप्त विवरणले देखाउँछ।
गौशाला–१ इँटाटारमा अर्बौंको लगानीमा स्थापना भएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक छ। अहिलेसम्म विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए।
पहिरोका कारण धनगढी—डडेलधुरा, डडेलुधरा —दिपायल, बुडर—जोगबुढा, खोड्पे—बझाङ राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।
महाकालीमा बहाब बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
म्यानमारको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। आँधीले निम्त्याएको विपत्का कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ।
सरकारले पलेशालाई ६५ लाख, प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ प्रदान गरेको छ।
प्रचलित मापदण्डमा थप २० मिटर छाड्नुपरे कतिपयको आजीवनको कमाइ खोसिने उपत्यका मेयर्स फोरमको निष्कर्ष छ। सबै पालिकाहरू फैसलाको पुनर्वलोकन हुनुपर्ने कित्तामा उभिँदा मेयर बालेन भने कार्यान्वयनको पक्षमा छन्।
शुक्रबार बिहान भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने पहिचान खुलेको छैन।
कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार, खगेनसिं हांगाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन तथा वन वातावरणमन्त्री नियुक्त भएका छन्।