नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर’ र इन्भेस्टर पोर्टलमार्फत गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ।
वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले घर आएर श्रीमतीसँग विवाद गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
एशियाका दुई तिहाइ हिमाल पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।
देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ।
सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउनेलगायत विषय छन्।
फाइनल प्रवेशका लागि अब नेपालले समूह 'ए' को विजेता भारतसँग खेल्ने छ।
रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।
दिसानायकेले आफ्नो चुनावी वाचाअनुरूप संसद् विघटन गर्दै 'नयाँ प्रणाली'को सरकार निर्माणका लागि कदम चालेका छन्।
विकसित शहर र शहरी जीवनका अभिन्न आवश्यकता झैँ मानिने काठमाडौँका ‘सपिङ मल’ पछिल्लो समय किन खालि–खालि हुँदै गए? बजार र अर्थतन्त्र गुल्जार रहेको देखाउने यी मलहरु कसरी ‘गोस्ट मल’ बन्दैछन्?
दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा कायम भएको छ।
धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।
सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
चट्याङमा परेर घोराही उपमहानगरपालिका–११ खुङकोटका ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएका छन्।
गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ।
साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडीबुटीस्थित कार्यालय परिसरमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ।