घट्यो सुनचाँदीको मूल्य

आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ।

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी पनि घटेको छ। चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो। आज चाँदी तोलामा आज ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।