इस्लामाबादमा भएको अमेरिका–इरान वार्ता बिनानिष्कर्ष टुंगिएपछि विश्वसमुदायले द्वन्द्व अन्त्यका लागि पुनः संवादको पहल गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्। वार्ताको मध्यस्थकर्ता पाकिस्तानले दुवै पक्षबीच विश्वासको वातावरण बनाउनु विश्व समुदायको कर्तव्य भएको र युद्ध अन्त्यका लागि वार्ता अनिवार्य देखिएको बताएको छ।
“दुवै पक्षले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्नु अत्यावश्यक छ,” पाकिस्तानका विदेशमन्त्री इशाक दारले भने, “इरान र संयुक्त राज्य अमेरिकाबीच संवादका लागि पाकिस्तानले भूमिका निर्वाह गर्दै आएको छ र आगामी दिनमा पनि यसलाई महत्त्वका साथ अघि बढाउनेछ।”
मध्यपूर्वको द्वन्द्व समाधानका लागि कूटनीति आवश्यक रहेको युरोपेली संघको विदेश मामिला शाखाका प्रवक्ता अनउआर अल अनौनीले बताएका छन्। पाकिस्तानमा भएको वार्ता असफल भएको उल्लेख गर्दै उनले भने, “हामी पाकिस्तानको मध्यस्थता प्रयासको कदर गर्छौं। ब्रसेल्सले आफ्ना साझेदारहरूसँगको समन्वयमा समाधानका लागि थप योगदान दिनेछ।”
रुसले पनि आगामी दिनमा युद्धविरामका लागि मध्यस्थता गर्ने तत्परता देखाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्वमा शान्ति स्थापनाका लागि सहयोग गर्न आफू तयार रहेको बताएका हुन्। क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति पुटिनले द्वन्द्वको राजनीतिक र कूटनीतिक समाधान खोज्न र न्यायपूर्ण तथा दिगो शान्ति प्राप्त गर्ने प्रयासमा मध्यस्थता गर्न आफ्नो तत्परता दोहोर्याएका छन्।”
बेलायतले पाकिस्तानको पहलकदमीको प्रशंसा गरे पनि वार्ता निष्कर्षविहीन भएकोमा निराशा व्यक्त गरेको छ। “वार्तामा सफलता हासिल नहुनु र द्वन्द्व अन्त्य नहुनु निराशाजनक हो,” बेलायतका स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले स्काई न्यूजसँग भने, “कूटनीतिमा सफलता नपाउँदासम्म प्रयास जारी राख्नुपर्छ। सबै वार्ताहरू सफल नहुन सक्छन्, तर यसको अर्थ प्रयासको औचित्य सकिएको होइन।”
अस्ट्रेलियाले पनि थप वार्ताको आग्रह गरेको छ। अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले एक विज्ञप्ति जारी गर्दै भनिन्, “अहिलेको प्राथमिकता युद्धविरामलाई निरन्तरता दिनु र वार्तामा फर्कनु नै हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
