राष्ट्रियसभाबाट बहुमतले पारित भए दुई विधेयक

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निर्वाचन र मतदाता नामावलीसम्बन्धी विधेयक राष्ट्रियसभाको बैठकबाट बहुमतले पारित भएका छन्।

काठमाडौँ– राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई वटा विधेयक पारित भएका छन्। 

सभाको आइतबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको हो।

यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस गरेकी थिइन्।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे बस्नेछ।