काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटातर्फ पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टोली हङकङसँग ६९ रनले पराजित भएको छ।
एक नयाँ अध्ययनले विश्वका जलाशयहरूले प्रत्येक दशकमा औसत ७.३ प्रतिशत पानी भण्डारण क्षमता गुमाउँदै गएकाले भविष्यमा गम्भीर जल र खाद्य संकट निम्तिन सक्ने देखाएको छ।
मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि काठमाडौँ र भोजपुर आउजाउ गर्ने यात्रुहरू अलपत्र परेका छन्।
बागलुङमा निर्माणाधीन जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिँदा एक मजदुरको मृत्यु भएको छ।
एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘डी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विदेशी कम्पनीहरूसँग भएका स्याटेलाइट भाडा सम्झौता र उपकरण खरिदमा आर्थिक अनियमितता र प्रक्रियागत कमजोरी भएको उजुरी परेपछि सञ्चार मन्त्रालयले २१ दिने कार्यादेशसहित छानबिन समिति बनाएको छ ।
बेमौसमी वर्षा र पहिरोको जोखिमका कारण काभ्रेपलाञ्चोक-सिन्धुली सडकखण्डमा रातको समयमा गरिँदै आएको अनिश्चितकालीन बन्दलाई दुई घण्टा घटाएर नयाँ समयतालिका लागू गरिएको छ।
पछिल्लो साता बढेको उखरमाउलो गर्मी र तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले विद्यालयहरू बन्द गर्न थालेका छन्।
मुलुकभरि बसाइँसराइ र बाली नोक्सानीको मुख्य कारण बनेको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक कार्यदलले स्थलगत अध्ययन र जनपरामर्श गरिरहेको छ।
फलोअप
नेपाल बाल संगठनको जग्गालगायत सम्पत्ति हिनामिना र त्यहाँ आश्रित बालबालिकालाई धर्मपुत्र–पुत्रीका नाममा बेचबिखन गरिएको प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको छ।
आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले सम्पत्ति विवरण बुझाउने र उजुरी दिनेको संख्या क्रमशः वृद्धि भइरहेको उल्लेख गर्दै ४० देखि ५० हजार व्यक्तिको सम्पत्तिको विवरण प्राप्त हुने अपेक्षा गरिएको बताए।
शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २,७७५.४१ को बिन्दुमा झरेको छ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेर तीन लाख नौ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने सम्भावना छ।
मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर चल्नुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
जलवायु परिवर्तनका कारण जलाशयहरू सुक्दै जाँदा सार्वजनिक स्रोतसाधनमाथिको पहुँच साँघुरिएको र यसबाट विशेष गरी महिला तथा सीमान्तकृत समुदाय बढी प्रभावित भएको अध्ययन प्रतिवेदनले देखाएको छ।
रोल्पाको माडी गाउँपालिकामा भएको जीप दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको छ।
मध्यपूर्वको तनावका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटबाट बच्न युरोपका लागि रूसी तेल र ग्यासको आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दाबी गरेको छ।