कस्तो रहला आजको मौसम?

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

हाल कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले सोमबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली भूभागमा साधारणतया बदली, पहाडी भूभागमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने महाशाखाको पूर्वानुमान छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।