एसियन गेम्स छनोट

नेपाली महिला क्रिकेट टोलीले फाइनल प्रवेशका लागि आज मलेसियासँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

फाइल तस्वीर

काठमाडौँ– नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मलेसियासँग खेल्दैछ। खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान ११:४५ बजे शुरू हुनेछ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालले समूह ‘बी’ का आफ्ना दुवै खेल जित्दै अन्तिम चारमा स्थान बनाएको थियो।

घरेलु टोली मलेसिया भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो। आजको खेलको विजेताले प्रतियोगिताको फाइनलमा स्थान बनाउनेछ।

नेपाली टोली लगातार तेस्रो जित निकाल्दै उपाधिनजिक पुग्ने लक्ष्यमा छ भने मलेसिया घरेलु मैदानको फाइदा उठाउँदै फाइनल यात्रा तय गर्ने प्रयासमा रहनेछ।