कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराईको अधिकांश स्थान हुस्सुले ढाकिएको छ। दिउँसो पनि तराईमा हुस्सु तथा कुहिरो कायम नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भूभागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ।
यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति पनि तराईका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ। कर्णाली र सुदूरपश्चिमसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
