तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कोशी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बदली हुने विभागले जनाएको छ।
नेपाल प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी थप एक जनालाई पक्राउ गरेको छ।
विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जारी साफ महिला फुटसल च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो।
मधेशका कतिपय जिल्लामा बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा भित्तामा ब्यानर राख्न थालिएको छ। यस्तो क्रेज देखिनुको मुख्य कारण पहिलोपटक मधेशी मूलका प्रधानमन्त्री देख्ने चाहना भएको स्थानीय बताउँछन्।
बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतंक फैलाउन थालेपछि डिभिजन वन कार्यालयले त्यसलाई मार्न वा नियन्त्रणमा लिन आदेश जारी गरेको छ।
यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ।
हप्तामा १० घण्टाभन्दा बढी खेल खेल्ने विद्यार्थीमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेमा सामान्य भएको अध्ययनले देखाएको छ।
पुँजीगत शीर्षकको बजेट खर्च १२.१२ प्रतिशतमा खुम्चिएको छ। ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँको विकास बजेट ल्याइएकोमा ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको छ।
मुस्ताङमा गाडी पसेको दुई दशक भयो, अहिले उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। गाडी पुगेसँगै मुस्ताङीको भान्सामा पाक्ने परिकार र लगाउने पोसाक मात्र होइन, पेसा पनि फेरिँदैछ।
ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए। पछाडि बसेका पाँचै जनाको मृत्यु भएको हो।
विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनाका गर्दा जथाभाबी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ।
युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने संस्थाले जनाएको छ।
राति तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौँमा बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ।
१४औँ महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशन पक्षधर दुई कित्तामा प्रष्ट विभाजित कांग्रेसको आधिकारिकता विवाद अब निर्वाचन आयोग हुँदै अदालत पुग्ने छ, जसले फागुन २१ को निर्वाचनलाई नै प्रभावित गर्न सक्छ।
जेनजी विद्रोहपछि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकार एवं पीडितको पक्षबाट कानूनी प्रतिरक्षा गर्ने संवैधानिक कर्तव्य बोकेकी महान्यायाधिवक्ता सविता भण्डारी गम्भीर प्रकृतिका कसुरमा समेत अभियुक्तप्रति उदार देखिएकी छन्।
टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अस्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए।
संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षले महाधिवेशनको बन्दसत्रबाट गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी गरेको छ।
बांग्लादेशले आगामी आम निर्वाचन तथा संवैधानिक जनमत संग्रहलाई मध्यनजर गर्दै ‘अन अराइभल भिसा’ सुविधा एक महिनाका लागि निलम्बन गरेको छ।