मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात करिब ६० प्रतिशतले वृद्धि भई आठ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको पुगेको छ।
झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९.८० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४ हजार १५३.१५ मेट्रिकटन अलैँची निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा भने ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले जानकारी दिए।
कार्यालयको तथ्यांकअनुसार अलैँचीको निर्यात बढे पनि चियाको निर्यातमा भने २६.७० प्रतिशतले गिरावट आएको छ। चालु आवको माघ मसान्तसम्म २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जबकि अघिल्लो आवको सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले बताए।
निर्यात हुने मुख्य वस्तुहरूमध्ये भेनियर सिट ९१.१० प्रतिशत, छुर्पी ६३.३० प्रतिशत र अदुवा तथा सुठोमा १०१.८० प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए। त्यस्तै काउली, ब्रोकाउली र बन्दागोभी ३६.१० प्रतिशत, मुसुरो दाल ३१६.२० प्रतिशत र जडीबुटी ९२.९ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी प्लाउडको निर्यात ४०.९० प्रतिशत र अम्रिसोको निर्यात २४.९० प्रतिशतले घटेको देखिएको छ। समग्रमा मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरका मालवस्तु निर्यात भएको तथ्यांकले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
