५ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी मूल्य तोलामा ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तोलामा ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।