५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य  प्रति तोला ३५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।