कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो।
विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ।
आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को बिन्दुमा कायम भएको हो।
समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ। आफूहरूबाट प्रतिकिलो ४० रुपैयाँमा खरिद गरेर बजारमा १२० रुपैयाँमा बेच्ने गरेको उनीहरू बताउँछन्।
मन्त्री सिन्हाले कर्मचारीतन्त्रमा कुर्सीमा बसेपछि मात्रै विज्ञ बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र नेतृत्वले विज्ञको सुझाव सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।
नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको संक्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानको गुनासो छ।
सिँचाइ, बजार व्यवस्थापन र जंगली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने खेमराजको बुझाइ छ।
लगातार तेस्रो दिन पनि शेयरबजार परिसूचक नेप्से बढेको छ। बुधबार नेप्से ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको हो।
नेपालमा वित्तीय संघीयता कार्यान्वयन सुदृढ गर्नका लागि एडीबीले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ।
चालु आवका लागि बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ।
योजना आयोगका अनुसार प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ मसान्तभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्नेछ।
नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को बिन्दुमा कायम भएको छ भने तीन अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४.३१ प्रतिशत अर्थात् ८० अर्ब २७ करोड रुपैयाँ बराबर मात्रै असुली गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ।
सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ को बिन्दुमा कायम भएको हो।