उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ। गाउँबाट होस् वा शहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह देखिन थालेको छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मटितेलमा १ रुपैयाँका दरले मूल्य घटाउने छ।
सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सिनेट बैठकले एक अर्ब ५४ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।
प्रतिपक्षी दलको बहिष्कारबीच मधेश प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ।
सरकारको १ वर्षको अवधिमा अर्थतन्त्रका बृहत् सूचकमा सुधार देखिए पनि बजेट वक्तव्य र एनडेकका तथ्यले वित्तीय स्वास्थ्य, निजी लगानी, रोजगारी सिर्जना र पूर्वाधार निर्माणमा चुनौती यथावत् रहेको देखाएका छन्।
सोमबार नेप्से परिसूचक ३५.०९ अंक अर्थात् १.२७ प्रतिशतले घटेर २७२५.७१ को विन्दुमा कायम भएको छ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।
स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेको छ। आलु बिक्रीका लागि असार १८ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालनमा लाइएको छ।
बागलुङ नगरपालिका–१० मा सञ्चालित होमस्टेमा जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती होमस्टे सुनसान भएका छन्।
गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिमा बैंकहरूको कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र वित्तीय स्थायित्व कायम गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।
वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनलगायत नियामकीय व्यवस्थामा तादात्म्यता कायम गरिएको गभर्नर पौडेलको दाबी छ।
विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५०० अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर बनाइएको छ।
गोरखाका आर्थिक रूपमा कमजोर समुदायका लागि कबुलियती वन जीविकोपार्जनको माध्यम बनेको छ।
बिहीबार नेप्से २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा कायम भएको छ भने नौ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
गत सोमबार र मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार २२.०४ अंक बढेर २,७०५.९० को विन्दुमा पुगेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।
भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ।
मंगलबार नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार खाद्य तथा पेयपदार्थ समूहमा घ्यू तथा तेल, गैरमदिराजन्य पेयपदार्थ, फलफूल, दाल र गेडागुडीको मूल्य बढेको छ भने तरकारी, मरमसला, माछा र मासुको मूल्य घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो।