AnonymousUser

Logout

काँकडभिट्टाबाट घट्यो चिया निर्यात

साउनयता काँकडभिट्टाबाट ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।

नेपालबाट थप  २० मेगावाट बिजुली लैजान बांग्लादेश सहमत

२०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो। सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बांग्लादेश निर्यात भइरहेको छ।

नेप्से परिसूचकमा वृद्धि कायम, कारोबार रकममा सामान्य गिरावट

बिहीबार नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो।

तोलामा ४०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ।

सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक कोषको छाताभित्र

संविधानमा उल्लिखित मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो।

शेयरबजार निरन्तर बढ्दै, कारोबार रकम पनि बढ्यो

पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से परिसूचक आज पनि ९.६१ अंकले बढेर २,६६५.६० विन्दुमा पुगेको छ।

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ।

स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, मधेशका स्थानीय तहविरुद्ध धेरै उजुरी

मुलुकभरबाट परेका १९ हजार ९३३ उजुरीमध्ये सात हजार ७२ उजुरी मधेश प्रदेशका मात्रै छन्। अधिकांश उजुरी सार्वजनिक खरिदसँग सम्बन्धित छन्।

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से ५.३२ अंकले बढेर २,६५५.९९ विन्दुमा पुगेको छ। नेप्से आइतबार ३९ र सोमबार ५० अंकले बढेको थियो।

मुस्ताङबाट ६२ करोड ८२ लाख रुपैयाँको आलु बिक्री

मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ।

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

बन्दिपुर भ्रमण गर्न आउनेमध्ये चिनियाँ पर्यटकको संख्या धेरै छ। त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन्।

मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?

अन्नबाली लगाउने र उठाउने मौसममा वर्षाको प्रवृत्ति निरन्तर परिवर्तन भइरहँदा पनि किसानले परम्परागत बीउ र विधि नै प्रयोग गरिरहेको कारण उत्पादन घट्दो छ। के अब मौसम अनुकूल हुन बालिचक्र नै बदल्नुपर्ने हो?

नेप्से ५० अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

सोमबार नेप्से परिसूचक ५०.५५ अंकले बढेर २,६५०.६६ को विन्दुमा पुगेको छ भने सात अर्बमाथिको शेयर किनबेच भएको छ।

नेप्से परिसूचक ३९.९२ अंकले बढ्दा ६ अर्ब २८ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ३९.९२ अंक अर्थात् १.५५ प्रतिशतले बढेर २,६०० को विन्दुमा पुगेको छ।

केरुङ नाका ५ महिनादेखि बन्द, चीनबाट सामान आयतमा समस्या

कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेलसमेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन्। केरुङ नाका चाँडो खोल्न सके सामान आयातमा सहज हुने व्यवसायीहरूको भनाइ छ।

तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुन

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलनमा पनि ह्रास

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन।

नेप्से परिसूचक करिब स्थिर, कारोबार रकममा भने सामान्य वृद्धि

बिहीबार धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।

म्याग्दीमा बिक्न छाडे चोयाबाट बनेका हस्तकलाका सामग्री

बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाहरूले चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने गरेका छन्।