AnonymousUser

Logout

सिनामंगल डिपो स्थानान्तरण: डीपीआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ

नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपो सार्ने काममा ढिलाइ हुने भएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ७ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा उक्लिएको छ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

संशोधन प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए।

बर्खे कमाइ लगाएर लेक उक्लिए गोठाला

सयौँको संख्यामा भेडा, गाइ, भैँसीलगायत पशु पाल्ने किसानहरू लेकबेँसी गरिरहन्छन्। यतिबेला लेकमा उक्लिएका गोठाला अब असोज पहिलो साता मात्रै बेँसी झर्छन्।

देशभर १५ प्रतिशत धान रोपाइँ

सुदूरपश्चिममा सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टरमा धान रोपाइँ हुने जनाइएको छ।     

सुकेटार विमानस्थलमा असारयता उडान ठप्प

“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो,” स्टेसन इन्चार्ज कार्कीले भने।

ब्रान्ड बन्यो गुल्मीको ‘थोर्गेली गुड’

रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गास्थित गुड प्रशोधन केन्द्रले हालसम्म करिब २४ लाख ६० हजार रुपैयाँ बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ। 

पोखरा-जोमसोम हवाई उडान २ महिनाका लागि बन्द

वर्षायाम लागेसँगै हवाई यात्रु कमी र मौसम प्रतिकूलताका कारण निजी वायुसेवा कम्पनीले दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान स्थगित गर्ने निर्णय गरेका छन्।

नेप्से परिसूचक ४.४५ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बाफिया विधेयकमा पुनर्लेखन आवश्यक नरहेको समितिलाई अर्थको जवाफ

हाल समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठाउन भनिएको थियो।

शेयरबजार निरन्तर दोस्रो कारोबार दिन लगभग स्थिर

मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार पनि ०.३३ अंक घटेर करिब स्थिर नै रहेको छ।

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड संकलन गरेको छ।

आईपीओबारे दुई संसदीय समितिका विपरीत निर्देशन, अन्योलमा धितोपत्र बोर्ड

घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ।

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजार कार्टुन मात्रै हुने गरेको छ। 

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरेको छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको छ।

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक–वित्तीय संस्थाले पाए थप १ वर्ष समय

बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्‍याउने समय एक वर्ष थपिएको छ।

४.७८ अंकले बढेर २६ सयको बिन्दुमाथि उक्लियो नेप्से परिसूचक

सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा उक्लिएको छ।

दैलेखमा भेटिएको ग्यास के हो, कति सम्भव छ व्यावसायिक प्रयोग?

प्राकृतिक ग्यासको भण्डार त फेला पर्‍यो, तर उत्पादन परीक्षण नगरी कति ग्यास निस्कन्छ थाहा हुँदैन। परीक्षण शुरू गरेको तीन महिनामा व्यावसायिक रूपमा उत्पादन हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ।

चिया निर्यात ४० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।