लगातार तेस्रो दिन पनि शेयरबजार परिसूचक नेप्से बढेको छ। बुधबार नेप्से ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको हो।
काठमाडाैँ– लगातार तेस्रो दिन पनि शेयरबजार परिसूचक नेप्से बढेको छ। बुधबार नेप्से ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.१८ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४४ अंकले बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँबराबर कारोबार भएको छ।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा धेरैले बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ। यस्तै, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
