तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारलगायत १३ वटा विषयमा विमर्श हुनेछ।
२०६२/६३ को आन्दोलनका क्रममा ‘बिसे नगर्चीको बयान’मार्फत आन्दोलनकारी कविको छायाछवि बनाएका मुकारुङ कवितामा उब्जने विद्रोह र निराशाका भावहरू सधैँ यथावत् रहने बताउँछन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा आगामी जेठ ८ देखि ११ गतेसम्म नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ।
सिक्किमका नेपालीभाषी कवि दावा योञ्जनको कविता संग्रह 'जङ्गली फूल' सार्वजनिक भएको छ।
कथाकार बिना थिङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन्। युवा पुस्ता विस्तारित हुन नसक्नुको कारण अभिभावक र शिक्षक नै भएको उनको तर्क थियो।
कसले सुराकी गर्यो कुन्नि? प्रहरीले मेरो कोठा छापा मार्यो। म गिरफ्तार भएँ। मलाई शिक्षण पेसाबाट निलम्बन गरियो। भोजपुर कारागारमा थुनिएँ। म थुनिए पनि आस्था भने झनै जाग्दै थियो।
मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार प्रदान गर्न लागिएको हो।
कथा
युद्धको अघिल्लो दिन, यसै पनि आफ्नो सम्बल बढाउनु पर्ने बेलामा आफूले सुन्नै मन नगरेको विषयचाहिँ नकोट्याइयोस् भनेर उनी केही भन्न खोजेझैँ देखिए, तर परशुरामले उनको त्यो प्रयत्न बुझेको नबुझ्यै गरिदिए।
भीडमा रहेकाहरू लहलहैमा व्यक्तिको हत्या गर्न पनि पछि पर्दैनन्। सयौँ/हजारौँ अपराधी छुटुन्, तर एक जना पनि निर्दोषले सजाय नपाओस् भन्ने सिद्धान्त दयाहीन भीडले बुझ्दैन।
हिजोआज कविताको नाममा भइरहेको करामत के हो भने बजारमा भरमार कविता- किताब छन्। तर असरदार कविता उति धेरै छैनन्।
समाजले खोट महिलामा मात्र देखेको छ। प्रश्न महिलामाथि मात्र उठाएको छ। लाञ्छना महिलामाथि मात्र लगाएको छ। पुरुषको गल्तीलाई पनि सकारात्मक रूपमा पेस गरेको छ र यो कार्य महिलाबाट बढी भएको छ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र तथा प्रतिभा पुरस्कारको राशि ३५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ।
जयदुर्गेमा हामीले के मात्रै गरेनौँ? झगडा गरेका थियौँ। रोयौँ र सँगै हाँस्यौँ। सात वर्षभन्दा लामो समय एउटै परिवार भएर अनेकन् जिन्दगी बाँचेका थियौँ। यी सबै पलको साक्षी बनेर उभिएको थियो जयदुर्गे गेस्टहाउ।
आजकल धेरैजसो मानिस पुराना दिनलाई सुनौलो समयका रूपमा स्मरण गर्छन्। तर, बुवाको त्यो बेलाको अन्तर्वार्ताबाट स्पष्ट हुन्छ— त्यो बेला पनि समस्या यथावत् थियो, यही थियो, जे आज छ।
बाल नाट्य संस्था 'छुनुमुनु'ले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ।
कथा
निकै बेरको सन्नाटापछि आफूलाई सम्हाल्दै उसले भन्न थाली, ‘‘यो मेरो गल्ती होइन, मेरो सत्य हो। म तपाईंलाई धोका दिन चाहन्नँ। म तपाईंलाई कहिल्यै पनि पतिको रूपमा हेर्न सक्दिनँ।’’
पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पहिचान सम्मान र गणेशकुमार राई (गीलुरातोस)लाई पहिचान युवा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।
कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ काठमाडौँमा मंगलबार विमोचन भएको छ।
एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?