महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यान विधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व थियो।
भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।
पञ्चायती शासनको कडिकडाउमाझ काठमाडौँमा बीपीको शोकजुलुस यस्तो थियो, त्यस्तो विशालतम भीड मैले आजसम्म अरूको देखेको छैन। म पनि त्यो भीडमा सामेल थिएँ।
कला साहित्य उत्सवमा वक्ताहरूले बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षेत्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने धारणा राखेका छन्।
अहिले पनि सो गीत सोरसार मिलाएर गाउँछु। गणेशकै नक्कल गर्छु अनि बढी भावुक हुन्छु। यी हरफ लेखिरहँदा गाइरहेको छु। आँखाबाट निस्किने आँसुको प्रवाह नपुछी गाइरहन्छु।
विद्यालय पाठ्यपुस्तकको आवश्यकताअनुसार व्याकरण र हिज्जे लेखेर दाम–नाम कमाउँदै आएका चूडामणि गौतम आफ्नो जीवनको उत्तरार्द्धमा भाषिक शुद्धतामा ‘खुट्टो काट्ने कि नकाट्ने’का अभियन्ताझैँ बने।
शनिबारे भेटघाटमा हुने बहस र मेरा विद्यमान मान्यताबीच आनको तान फरक परे। मेरो परम्परागत पहाडे राष्ट्रवादको जब्बर बुझाइलाई त्यहाँका बहसले ठाडै चुनौती दिए। कहिलेकाहीँ आफैलाई थुम्थुम्याउनु पर्यो।
गौतमका भाषा व्याकरणका १०० भन्दा बढी पुस्तक प्रकाशित छन्। २०७९ भदौमा विमोचन भएको ‘बृहत्तर नेपाली शब्दकोश’ उनको पछिल्लो पुस्तक हो।
‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’
महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्।
झापाको काँकरभिट्टामा तीन दिनसम्म चल्ने कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ।
पिताले १९९३ देखि २०२४ सालसम्म अनवरत सम्पादन गरेको ‘उदय’ द्वैमासिक साहित्यिक पत्रिका बन्द भई तीन दशकसम्म बन्द रहेको अवस्थामा दुर्गा दाइले २०५४ वैशाखयता पुनः निरन्तरता दिएका छन्।
मैले जिन्दगीमा पहिलो व्यंग्य रचना पढेकै भैरव दाइको हो। त्यसपछि म उहाँको ‘फ्यान’ भएको हुँ। नेपाली व्यंग्य साहित्यमा उहाँलाई टक्कर दिने कोही पनि छैन।
‘संघीयता लागू हुँदा मधेशी समुदायको आकांक्षा पूरा हुने विश्वास थियो। तर, वर्तमान अवस्था हेर्दा ती आकांक्षा अझै परिपूर्ण भइसकेका छैनन्।’
‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण राम मन्दिर पार्कमा माघ २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।
शिरच्छेदित गणेशमा हात्तीको र दक्ष प्रजापतिमा बोकाको टाउको प्रत्यारोपण गर्ने पौराणिक कथा र मुटु प्रत्यारोपण गर्ने वर्तमान घटना सम्झँदा दिनघरि फ्रैन्क क्यापराको निर्माण हुन्न भन्न सकिँदैन।
मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’
उत्सवको मुख्य आकर्षण रहेको कविता साँझमा सिक्किम–दार्जिलिङका नेपाली भाषीलगायत कविहरूले कविता वाचन गरेका थिए।
कवि जीवन थिङको सालिक बनाउने कलाकार लाचुङपा पनि बितिसकेका छन्। उनको निधनसितै भव्य पेडेस्टलमाथि बोलिहाल्लान् जस्ता कवि थिङको सालिक ठड्याउने सपनाको पनि निधन भएको छ।
पहिचान पुरस्कार कोषले २०८०/२०८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ले प्रदान गर्ने भएको छ।