कथाकार बिना थिङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन्। युवा पुस्ता विस्तारित हुन नसक्नुको कारण अभिभावक र शिक्षक नै भएको उनको तर्क थियो।
काठमाडौँ– ‘ग्लोबल लिटरेचर फेस्ट २०२६’ सम्पन्न भएको छ। साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित फेस्टिभलमा साहित्यिक विचार–विमर्श एवं कविता वाचन भएको थियो।
लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले ‘प्रेम र जीवन’सेसनअन्तर्गत स्वागत प्रवचन दिएका थिए। सो क्रममा उनले आफूले जीवनकालमा विद्यार्थी जीवनदेखि गरेको प्रेमानुभव सुनाएका थिए। आफ्नै खुट्टामा अडिग नभई गरिने प्रेममा सम्मान र समान भाव दुवै नहुने उनको भनाइ थियो।
सङ्ग्रौलासहित कवि नवराज लम्साल र कथाकार बिनाथिङ तामाङले ‘रिल्स’को बढ्दो प्रभावबीच साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे बहस गरेका थिए। पत्रकार तथा निबन्धकार दीपक सापकोटाले सञ्चालन गरेको उक्त सेसनमा सङ्ग्रौलाले आजको पुस्ता सजिलो र छिटो माध्यमतर्फ आकर्षित भइरहेको बताए। “वर्तमान पुस्ता ‘रेडिमेड नुडल्स’ जस्तो छिटो परिणाम खोज्ने प्रवृत्तिमा छ, जबकि साहित्यले धैर्य, प्रतीक्षा र गहिरो अनुभूति माग्छ,” उनले भने।
कवि लम्सालले सामाजिक सञ्जालले धेरैलाई लेखक, वक्ता र सर्जकको रूपमा स्थापित हुन सहयोग गरेको बताए। उनका अनुसार परिवर्तन प्रत्येक पुस्तासँगै आउँछ, त्यसलाई स्वीकार गर्दै नयाँ माध्यमसँग सिक्दै अघि बढ्नुपर्छ।
लम्सालले वास्तविक साहित्य मानिस–मानिसबीचको सम्बन्ध, माया र आत्मीयता भएको उल्लेख गर्दै रिल्स होस् वा साहित्य—त्यसले सम्बन्ध जोड्न, प्रेम फैलाउन र आगामी पुस्तासम्म मूल्य हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिए।
कथाकार बिना थिङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन्। युवा पुस्ता विस्तारित हुन नसक्नुको कारण अभिभावक र शिक्षक नै भएको तर्क गरेकी थिइन्।
“अहिले ५० हजार प्रति पुस्तक बिक्री भएमा बेस्ट सेलरको मानकका रूपमा हेर्ने गरिएको छ। तर हाम्रोमा शिक्षक कति छन्? उनीहरूले मात्रै पुस्तक किनेर पढिदिने हो भने त्यो त कम्तिमा ५ लाख १० लाख प्रति बिक्ने थियो,” उनले भनिन्, “जसरी हामीलाई पढाइमा आकर्षित गर्न त्यसवेला घरमा अभिभावकको पढ्ने र पुस्तकमा लगानी गर्ने चलन थिएन, अहिले पनि अवस्था त्यही हो। त्यसकारण पठन संस्कृति खस्कियो भनेर नयाँ पुस्तालाई दोष देखाउन मिल्दैन।”
उनले नयाँ पुस्तामा पठन संस्कृति बढाउन अभिभाव नै जिम्मेवार र गम्भीर हुनुपर्ने एवं बहस, कार्यक्रम र सिर्जनात्मक पहल आवश्यक रहेको बताइन्। फेस्टिभलमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए।
फेस्टिभल ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट–ग्रेड लिटरेरी क्लबका विद्यार्थीले आयोजना गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
