भोजपुर प्रतिभा सम्मान राई र पुरस्कार गन्धर्वलाई

प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र तथा प्रतिभा पुरस्कारको राशि ३५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ।

काठमाडौँ– भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले प्रतिभा सम्मान र प्रतिभा पुरस्कार यस वर्ष लेखक सरण राई र तेजेन्द्र गन्धर्वलाई प्रदान गर्ने निर्णय गरेको छ

राईलाई प्रतिभा सम्मान र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको हो। प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र तथा  प्रतिभा पुरस्कारको राशि ३५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ।

संस्थाले यसअघि पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीबी लुगुन, सैलेन्द्र साकार, मन्जुल, गणेश रसिक, ज्ञानमणि नेपाल, श्याम तमोट र हिरण्य भोजपुरेलाई सम्मान गरिसकेको छ।

यसैगरी श्रवण मुकारुङ, दिनेश बान्तवा, विप्लव ढकाल, विमल गिरी, मीरा राई, पूर्ण ईन्फादा, भीषण मुकारुङ, कविता राई र करुणालाई पनि पुरस्कृत गरिसकेको छ।

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतमा रहेका भोजपुरे स्रष्टा-सर्जकद्वारा स्थापित संस्था हो।