मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ।
काठमाडौँ– मंगलबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २,७९६.४३ बिन्दुमा कायम भएको छ।
आज ३५१ कम्पनीको एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा जलविद्युत् ०.१९, लगानी ०.२८, म्युचुअल फन्ड ०.०७, व्यापार १.३९ र अन्य समूह ०.४४ प्रतिशतले घटेका छन्। त्यसबाहेकका अन्य सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ।
वृद्धि भएका समूहहरूमध्ये उत्पादन तथा प्रशोधन १.५२ प्रतिशत र विकास बैंक १.१४ प्रतिशतले बढेका छन्। त्यस्तै, बैंकिङ ०.६८, वित्त ०.४४, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, लघुवित्त ०.२९ र निर्जीवन बीमा ०.१५ प्रतिशतले बढेका छन्।
आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इन्ड्रस्टिज र शिखर पावर डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, निफ्रा ग्रिन इनर्जी डिबेन्चरको शेयर मूल्य भने सर्वाधिक १४.०१ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
