सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर लगाएर त्यहाँका घर टहरा भत्काएको हो।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल यूएईसँग खेल्दैछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी श्रम दिवस मनाइन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती , गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
रोल्पामा बिहीबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।
रास्वपा नेतृत्वको सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले २०४८ सालयता सार्वजनिक पदमा पुगेका पूर्वप्रधानमन्त्री र बहालवाला न्यायाधीशदेखि सेनालगायत सुरक्षा निकायका उच्च अधिकारी लगायतको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ।
रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो थबाङ गाउँपालिका-१ सल्यापमा दुर्घटनामा परेको हो।
मुस्ताङको जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट अभावका कारण निर्माणकै चरणमा अलपत्र परेको छ।
रोल्पाको थबाङ गाउँपालिका–१, जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' जारी गरेका छन्।
जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगी संक्रमित फेला परेका छन्।
पश्चिम एशियामा चर्किएको द्वन्द्वका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुग्नुका साथै विश्वव्यापी कूटनीतिक र सुरक्षा समीकरणमा समेत हलचल पैदा भएको छ।
दीपक–सुलभसँग मन्त्री, सचिवदेखि नियामक निकायका प्रमुख आदिको ‘वार्तास्थल’ हुनेगर्थ्यो हिल्टन। खिलाउने/पिलाउने त छँदैथियो, ती उच्चपदस्थलाई दीपकले मात्र होइन, सुलभले पनि डाँटिरहेका हुन्थे।
नेप्सेमा लगातार तेस्रो दिन गिरावट आउँदा परिसूचक २,७३८ को बिन्दुमा ओर्लिएको छ।
पश्चिम एशियामा बढ्दो भू-राजनीतिक अस्थिरताका कारण हवाई इन्धनको मूल्यवृद्धि र ट्रान्जिटको अन्योल उत्पन्न हुँदा नेपालको मुख्य पर्यटकीय याममा विदेशी पर्यटकको आगमन प्रभावित भएको छ।
भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
संसारकै सुन्दर देश बनोस् नेपाल अनि संसारभरिका नेपालीले गर्व गर्न सकून्। र्यापर बालेनलाई मेरो तर्फबाट त्यही शैलीकै शुभकामना र सन्देश पनि।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ।
कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।