पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ भने अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– मौसममा आएको बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टाको अवधिमा लमजुङ, रोल्पा, प्यूठान र काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन गरिएको छ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर वर्षा भएको छ, जुन ‘धेरै भारी’ वर्षाको नजिक हो। त्यसैगरी, प्यूठानमा ७४.६, रोल्पामा ६५.२ र काभ्रेपलाञ्चोकमा ६३.६ मिलिमिटर वर्षा मापन भएको छ। साथै, कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
विभागका मौसमविद् विनु महर्जनले आजदेखि देशका धेरै क्षेत्रमा वर्षा सुरु भएकाले तातो लहर (लु) को प्रभाव कम हुने बताएका छन्। विभागका अनुसार वर्षाको क्रम अझै केही दिन बढ्ने सम्भावना छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
विभागले भोलि आइतबारको मौसम पूर्वानुमान गर्दै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ। त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम खालको वर्षा वा हिमपातको सम्भावना छ।
यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा भने अझै पनि तातो दिन (हिट वेभ) को सम्भावना कायमै रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
