इरानसँगको युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासमा आफूले नसोचेको परिणाम आएको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले निराशा व्यक्त गरेका छन्।
इरानसँगको युद्ध अन्त्यको प्रयासमा आफूले नसोचेको परिणाम आएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निराशा व्यक्त गरेका छन्।
इरानमा सत्ता सम्हाल्ने जुनसुकै व्यक्तिसँग सम्झौता गर्न आफू तयार रहेको बताउँदै ट्रम्पले भने, “अहिले इरानभित्र ठूलो कलह चलिरहेको छ। त्यहाँका जनता नेतृत्वका लागि आपसमा लडिरहेका छन्।” उनले थपे, “सायद उनीहरू नेता बन्न नपाउनका लागि लडिरहेका छन्, किनकि अमेरिकाले उनीहरूका दुई तहका नेतालाई हटाइसकेको छ।”
राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै भने, “इरानले जति बेला चाहन्छ, त्यति बेला फोन गर्न सक्छ।” उनले थपे, “सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितिसकेको छ।”
एक प्रस्तावको प्रसंग उल्लेख गर्दै ट्रम्पले भने, “इरानले सुरुमा दिएको प्रस्ताव राम्रो थिएन। उनीहरूले पठाएको प्रस्ताव अझ राम्रो हुनुपर्थ्यो। मैले प्रतिनिधिमण्डल पठाउने कुरा तुरुन्तै (१० मिनेटभित्र) रद्द गरेँ। त्यसपछि हामीले नयाँ प्रस्ताव पायौँ, जुन धेरै राम्रो छ।”
यात्रा रोक्नुको अर्थ खुला शत्रुतातर्फ फर्कनु हो कि भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट पारे, “होइन, यसको मतलब त्यो होइन। हामीले अहिलेसम्म यसबारे सोचेका छैनौँ।”
यसैबीच, वाशिङ्गटनमा ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट एसोसिएसन’को रात्रिभोजमा आक्रमण प्रयास गर्ने एक बन्दुकधारी पक्राउ परेको घटनाबारे ट्रम्पले भने, “यो घटना इरानसँग सम्बन्धित छ जस्तो लाग्दैन। यसले अमेरिकालाई ‘युद्ध जित्न’बाट रोक्ने छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
