सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काको विवरण परिवर्तन गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना र इन्कोन प्रालिका शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो। ढुंगानालाई काठमाडौँ महानगरपालिका–१६, बालाजु र पोखरेललाई महानगरपालिका–३२, पेप्सीकोलाबाट पक्राउ गरिएको हो।
सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको ‘डकुमेन्ट’ परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवै जनामाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
यसअघि सोही कसुरमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टंककुमार श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो। हालसम्म उक्त मुद्दामा नौ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
